
काठमाडौं, माघ ८ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले नयाँ पुस्ताका कलाकारको भविष्य सुनिश्चितताको लागि रोयल्टीको व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ ।
स्वरकिन्नरी तारादेवीको स्मृतिमा गर्न लागिएको कार्यक्रमबारे जानकारी दिन बिहीबार आयोजित कार्यक्रममा राज्यमन्त्री मानन्धरले रोयल्टीको व्यवस्थापन गर्न सके नयाँ पुस्ताका कलाकारहरुको भविष्य सुनिश्चित हुने बताउनुभयो ।
उहाँले अग्रज श्रष्टाको नाममा रहेका विभिन्न फाउन्डेशनहरुलाई मर्ज गर्दै रोयल्टी व्यवस्थापन गर्ने आफ्नो अभियान रहेको उल्लेख गर्नुभयो ।
तारादेवीको १५ औँ स्मृतिको अवसर पारेर शुक्रबार तारादेवी स्मृति फाउण्डेशनको आयोजनामा सम्झनामा तारादेवी तथा सम्मान कार्यक्रम गरिने भएको छ ।
कार्यक्रममा अग्रज तथा अनुज गायक–गायिकाबट तारादेवीले गाउनुभएका एक दर्जनभन्दा बढी गीत प्रस्तुत गरिने फाउन्डेशनका कोषाध्यक्ष रमेश थापाले जानकारी दिनुभयो ।
गायिका तारादेवीको गितहरुको संरक्षण र प्रवद्र्धन गर्दै नयाँ पुस्तालाई प्रोत्साहन गर्ने उद्देश्यले वि.सं. २०७५ सालमा तारादेवी स्मृति फाउन्डेशन स्थापना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्