
काठमाडौं, माघ ८ । बुलिस ट्रेण्डमा रहेको शेयर बजारमा ऐतिहासिक रेकर्ड कायम हुने क्रम बिहीबार पनि जारी रह्यो ।
नेप्से ३१ अंकले उकालो लागेर २३ सय ७४ को नयाँ उचाई कायमभयो ।
यस दिन कारोबारमा पनि सुधार आयो ।
यसदिन कारोबार भएका अधिकांश समुहमा सुधार आयो ।
जीवन बिमा समुहमा सबैभन्दा उच्च ५ सय ४० अंकको बृद्धि आयो ।
निर्जिवन बिमा समुह पनि ४ सय ४३ अंकले उकालो लाग्यो ।
होटल, विकास बंैक, वित्त, जलविद्युत, उत्पादनमुलक, अन्य र लघुवित्त समुहमा दोहोरो अंकको सुधार आयो ।
यस दिन मात्र सामुहिक लगानी कोष र वाणिज्य बैंक समुह सामान्य अंकले रातो रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३६ कम्पनीको शेयर मुल्य बढ्दा २८ कम्पनीको शेयर मुल्य घट्यो ।
सर्पाेट माईक्रोफाईनान्स वित्तिय संस्थाका शेयर धनीले बढि कमाउदा नारायणी विकास बैंकका शेयरधनीले बढि गुमाए ।
यसदिन २ सय ९ कम्पनीको १ करोड ८१ लाख कित्ता शेयर ७ अर्ब ७९ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्