
काठमाडौं, माघ ८ । बिहीबारदेखि २० दिनका लागि तातोपानी नाका बन्द हुने भएको छ ।
सीमामा रहेको मितेरी पुल पुनःनिर्माण गर्न नाका बन्द गरिने जानकारी चिनियाँ पक्षले गराएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
बाढीले क्षति पुर्याएको पुल पुनःर्निर्माण गर्न लागिएको जनाइएको हो ।
पहिलेकै बाढीले क्षति पुर्याएको पुलको एक भागामा केही दिन अघिको बाढीले थप क्षति गरेपछि चिनियाँ पक्षले मर्मत गर्न लागेको हो ।
पुल मर्मतका लागि नाका बन्द हुने भएपछि बाटोमा रहेका सामानहरु नेपाल भित्र्याइएको पनि भन्सारले जनाएको छ ।
तातोपानी रुट भएर आउने बाटोमा अब कुनै मालबाहक सवारी साधन नरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्