२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


भिजन एक्सलेन्स अवार्डबाट डा. सन्दुकसहित नेत्र विशेषज्ञहरु सम्मानित


0
Shares

काठमाडौं, माघ ९ । भिजन एक्सलेन्स अवार्डबाट प्रख्यात नेत्र विशेषज्ञ डा. सन्दुक रुइत लगायत विशेषज्ञहरुलाई सम्मान गरिएको छ ।

आँखा स्वास्थ्य सेवाको लागि वकालत गरेको तथा यसको कार्यान्वयन र संस्थागत संरचनाको विकास गरी अन्धोपन नियन्त्रण कार्यमा उल्लेख्य भुमिका निर्वाह गरेको कारण भिजन एक्सलेन्स अवार्डबाट उहाँहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा प्रख्यात नेत्र विशेषज्ञ डा. सन्दुक रुइत सहित नेत्र विशेषज्ञहरु प्रा.डा. रामप्रसाद पोख्रेल र डा. गोपाल प्रसाद पोख्रेल हनुहुन्छ ।

नेपाल नेत्रज्योति संघ तथा नेपाल आँखा अस्पतालको संयुक्त आयोजनामा भएको कार्यक्रममा पूर्व राष्ट्रपति रामवरण यादवले उहाँहरुलाई अवार्डबाट सम्मान गर्नुभयो ।

संघका अध्यक्ष प्रा.डा.चेतनाथ पन्तले आँखा क्षेत्रको सेवा विस्तारमा उहाँहरुको नेतृत्व, भिजन र मार्गनिर्देशनको महत्वपूर्ण योगदान भएकाले सम्मान गरिएको बताउनुभयो ।

सम्मानित डा. सन्दुक रुइत तिलगंगा इन्ष्टिच्युटल अफ अप्थाल्मोलोजिका संस्थापक एवं कार्यकारी निर्देशक हुनुहुन्छ भने प्रा.डा. रामप्रसाद पोख्रेल नेपाल आँखा अस्पताल र नेपाल नेत्रज्योति संघका संस्थापक मध्येका एक हुनुहुन्छ ।

त्यसैगरी डा. गोपाल प्रसाद पोख्रेल नेपाल आँखा अस्पतालका अध्यक्ष एवं नेपाल नेत्रज्योति संघका कार्यकारी सदस्य हुनुहुन्छ ।