
प्रकाश मैनाली (इमेज)
सर्लाही, माघ ९ । सर्लाहीसहित तराई तथा भित्री मधेसमा लगाईने उखु खेतीले किसानलाई ऋणमा डुबाएको छ ।
त्यति मात्र नभएर ज्यान समेत जाँदा पनि उखु बिक्री गरेको भुक्तानी पाउँन सकेको छैनन् ।
उद्योगले तिन चार वर्ष अगाडि खरीद गरेको उखुको समेत अहिलेसम्म किसानलाई भुक्तानी पाउन सकेका छैनन् ।
खेतिको समेत पैसा नपाउँदा किसानले आफ्नो घर व्यवहार चलाउन गाह्रो परेको गुनासो गर्न थालेका छन् ।
सरकारले आफुहरुको समस्याको सुनुवाई नगरेकाले आफुहरु बाध्य भएर आन्दोलनमा जानु परेकोे किसानको भनाई छ ।
सरकार र उद्योगी किसान प्रति जिम्मेवार बन्न नसक्दा आत्मनिर्भर बन्दै गरेको मुलुकमा फेरि चिनी आयात गर्नु अवस्था आउन सक्ने नेपाल उखु उत्पादक महासंघ सर्लाहीका अध्यक्ष कपिलमुनी मैनाली बताउनुहुन्छ ।
यता प्रदेश नं २ का कृषि तथा भुमि व्यवस्थापन समितिका सभापती बिरेन्द्र सिंह उद्योगिको घर जग्गा लिलाम गरेर वा सरकार आफै जवाफदेहि भएर यथाशिघ्र किसानको रकम भुक्तानी गर्नुपर्ने बताउनुहुन्छ ।
किसानको पैसामा रजाई गर्ने र किसानलाई ऋणमा चुर्लुम्म डुबाउने उद्योगिलाइ सरकारले यथासिघ्र कारवाही गरी तत्काल भुक्तानी उपलब्ध गराउनुपर्ने माग उखु किसानको छ ।
प्रतिक्रिया दिनुहोस्