२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अमेरिकी चर्चित पत्रकार ल्यारी किङको ८७ वर्षको उमेरमा निधन


0
Shares

journalist larry king dead

काठमाडौं, माघ १० । अमेरिकी चर्चित पत्रकार ल्यारी किङको ८७ वर्षको उमेरमा लस एञ्जलसमा निधन भएको छ ।

सिएनएनमा लामो समय टक शो चलाएका किङको अमेरिकी समय अनुसार शनिबार बिहान निधन भएको उहाँका छोरा चान्सलाई उधृत गर्दै सिएनएनले जनाएको छ ।

उहाँले लिने अन्तर्वार्ताका कारण पत्रकारिता जगतमा आइकन नै बन्नुभएका किङले २५ वर्ष चलाएको ‘ल्यारी किङ लाइभ’ चर्चित अन्तर्वार्ता कार्यक्रम हो । उहाँले ६ दशक लामो आफ्नो पत्रकारिता जीवनमा पत्रपत्रिका, रेडियो, टेलिभिजनमा काम गरेका थिए ।

५० हजारभन्दा बढी अन्तर्वार्ता गर्दा उहाँको शोमा राष्ट्रपतिका उम्मेदवारदेखि धनाढ्य व्यापारी, चर्चित सेलिब्रेटी उपस्थित भएका थिए । उहाँले सन् २०१० मा उक्त शोबाट बिदा लिएका थिए ।

पटक पटक मुटु, क्यान्सर जस्ता विभिन्न स्वास्थ्य समस्यासँग जुध्नु भएका उहाँलाई पछिल्लो पटक कोभिड–१९ को संक्रमण भएको समेत बताइएको थियो । यद्यपि, निधनको कारण भने केही जनाइएको छैन ।

जीवनमा सात श्रीमती तर आठ पटक बिहे र डिभोर्स गर्नुभएका किङले सन् १९६१ मा पहिलो विवाह गर्नुभएको थियो । बिहे सात पटक गरे पनि तेस्री श्रीमती अलिन अकिनसँग बिहे गरेर २/३ बर्ष बसेर चौथीसँग बिहे गरेर उनीसँग पनि डिभोर्स गरेर फेरी ३/४ बर्ष पछी अघिल्ली तेस्रीसँग बिहे गर्नुभएको थियो ।

पछिल्ला वर्षहरुमा आफ्ना छोरा, छोरीलगायतका आफन्तहरु गुमाउनु पर्दा उहाँ एकपछि अर्को वियोगमा पर्नुभएको थियो ।