
काठमाडौं, माघ ११ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिनु भएको छ ।
मुख्यमन्त्री राईलाई करिब पाँच दशकको उमेरमा बेहुला बन्ने अवसर जुरेको हो । राईले २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग लगनगाँठो कस्नुभएको हो ।
आइतबार काठमाडौंको एक पार्टी प्यालेसमा मोडल शेर्पासँग विवाह गर्नुभएका मुख्यमन्त्री राई र शर्पा दुबै आ–आफ्ना परम्परागत पहिरनमा सजिनुभएको थियो ।

राईले आइतबारै साँझ दिने रिसेप्सनमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओलीलगायतका व्यक्तिहरुलाई निम्तो पठाइएको उहाँ निकट स्रोतले जनाएको छ ।
सानो संख्यामा जन्तीसहित पुग्नुभएका राईलाई मोडल शेर्पाले आफ्नै परम्परामा स्वागत गर्नुभएको थियो । झण्डै एक बीस दश वर्षको उमेर अन्तर रहे पनि उहाँहरु दुईबीच प्रेम विवाह भएको हो ।

२०७४ सालमा सम्पन्न निर्वाचन पछि प्रदेश १ को नेतृत्व सम्हाल्नु भएका राईसँग विवाह बन्धनमा बाँधिनुभएकी शेर्पाले भने केही म्यूजिक भिडियोमा समेत अभिनय गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्