
काठमाडौं, माघ ११ । खानेपानीमन्त्री मणिचन्द्र थापाले मेलम्ची खानेपानी आयोजनाअन्र्तगत सुन्दरीजल क्षेत्रको सुरुङमार्गको अवलोकन गर्नुभएको छ ।
उहाँले आइतबार सुन्दरीजल क्षेत्रमा निर्माणाधिन भौतिक संरचना र सुरुङमार्गको अवलोकन गर्नुभएको हो ।
अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री थापाले सुरुङमार्गको काम सन्तोषजनक देखिएको बताउनुभयो ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश प्रसाद खत्रीले सुरुङको काम सम्पन्न भइसकेको भएपनि परीक्षणअघि विज्ञ समूहलाई निरिक्षण गराएको र उक्त समूहको सुझावको आधारमा सुरुङको दिगोपनाको लागि केही सुधार गर्नुपर्ने भएकाले हाल सुधारका काम भइरहेको जानकारी दिनुभयो ।
सुधारको काम तीन हप्तामा सकेर फागुन पहिलो साताबाट पानी पठाइ परीक्षणको काम शुरु गरिने कार्यकारी निर्देशक खत्रीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्