
काठमाडौं, माघ ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतमा विचाराधिन मुद्धालाई प्रभावित पार्ने काम गरेको भन्दै नेपाल बार एशोसिएसनका चार पूर्व अध्यक्षहरुले आपत्ति जनाएका छन् ।
प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको मानमर्दन गरेको पनि उनीहरुले बताएका छन् ।
वरिष्ठ अधिवक्ता हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसीले संयुक्त विज्ञप्ति निकालेर प्रधानमन्त्रीको अभिव्यक्ति कानुन व्यवसायमाथि कै निर्लज्ज प्रहार भएको बताएका हुन ।
‘यस सम्बन्धमा प्रधानमन्त्रीलाई सार्वजनिक क्षमायाचना गर्न र अदालतको अवहेलनाजन्य कार्य गरेवापत उहाँलाई जवाफदेही बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौं ।’
विज्ञप्तीमा भनिएको छ । संसद पुनःस्थापनाको पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गरेर प्रधानमन्त्री ओलीले ‘एक जना बाजे वकिललाई लिएर तमासा गर्न गएछन’ भन्ने अभिव्यक्ति दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्