
नवलपुर, माघ ११ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा नवलपुरमा सवारी दुर्घटनाबाट २३ जनाको मृत्यु भएको छ ।
साउनदेखि पुष मसान्तसम्म जिल्लामा भएका ८० वटा सवारी दुर्घटनमा २३ जनाले ज्यान गुमाएका हुन् ।
ज्यान गुमाउनेमा सबैभन्दा बढी २१ जना पुरुष छन् भने, महिला एक जना र एक बालक रहेका छन् ।
७८ जना गम्भीर घाइतेहुँदा सामान्य घाइते हुनेको संख्या ४७ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
गम्भीर घाइते हुनेमा पुरुषको ५६, महिला १४ र बालबालिकाको संख्या ८ रहेको छ ।
यस्तै सामान्य घाइते हुनेमा पुरुष ३३, महिला ६ र बालबालिका ८ जना रहेका छन् ।
दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल पर्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख मुनेन्द्र थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्