२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


६० वर्षपछि इलामको नयाँ बजार व्यवस्थित बन्दै


0
Shares

प्रकाश नेपाल (इमेज)
इलाम, माघ ११ । इलामको उत्तरी क्षेत्रमा रहेको नयाँ बजारको रौनक फेरीने भएको छ ।

स्थापना भएको ६ दशकपछि नयाँबजारको व्यवस्थित विकास शुरु भएसँगै यसको रौनक फेरीने भएपछि स्थानीयसमेत दंग परेका छन् ।

इलामको उत्तरी क्षेत्रमा उत्पादन भएको कृषि उपज र दैनिक उपभोग्य सामग्री खरिद बिक्रि हुने नयाँबजारको विकासले गति लिन थालेपछि स्थानीयहरु खुशि भएका छन् ।

चिमटाइलो माटो रहेको लेकाली बजारमा पानी पर्नासाथ हिलोले हिडडुलगर्न सक्ने अवस्था थिएन ।

वि.स. २०१० सालमा सन्त बालागुरुले बसाएको इलामको यो नयाँबजार विस्तार हुँदै गएपनि हिउँदमा धुलो र वर्षातमा हिलाम्मे हुँदा स्थानीयले निकै सास्ती खेप्नु परेको थियो ।

इलामको उत्तरी क्षेत्रमा उत्पादन हुने कृषि उपज खरिद बिक्रिका लागि भारतका व्यापारीहरु हिलो र धुलोको वास्था नगरि यहि नयाँबजार पुग्थे ।

तर अहिले नयाँबजारको मुहार फेरिँदै गएको छ ।

देशको राजनीतिक संरचना फेरिएसँगै नयाँ बजार क्षेत्रमा पक्कि संरचनाको निर्माण धमाधम ुहन थालेपछि स्थानीय पनि खुशी देखिएका हुन् ।

यो नयाँबजार क्षेत्र इलामको उत्तरी क्षेत्रमा उत्पादित कृषि उपजदेखि दैनिक उपभोग्य सामग्री खरिद बिक्रि गर्ने मुख्य केन्द्र हो ।

माईजोगमाई गाउँपालिकाको केन्द्र घोषित भएपछि भौतिक पूर्वाधारको विकासका कामले गति लिन थालेपछि बजारको रौनक फेरीदै गएको हो ।

पुरानो बजारलाई व्यवस्थित गर्न ढल निकास, ढलान, ल्याण्डफिल्ड साइड निर्माण, खानेपानीको व्यवस्थित वितरणको संरचना निर्माणको काम धमाधम भईरहेको छ ।

माईजोगमाई गाउँपालिका १ मा अवस्थित नयाँबजारमा पक्कि संरचना बनाउन १ करोड १० लाख रुपैया खर्च भईसकेको छ ।

अहिलेपनि गाउँपालिकाले एक करोड ७० लाख रुपैयामा पूर्वाधार निर्माणको काम अगाडि बढाएको छ ।

नयाँ संरचनासंगै नयाँबजारले नयाँ रुप लिदै गएको मात्र छैन यस बजारले सिंगै जिल्लाको आर्थिक सामाजिक र साँस्कृतिक रुपमा गति लिनसक्ने बिश्वास गरीएको छ ।

भिडियो हेर्नुहोस्