
काठमाडौं, माघ १२ । धेरैलाई लाग्ला संसारको सबैभन्दा धनी फुटबलर क्रिष्चियानो रोनाल्डो र लियोनल मेस्सी मध्ये नै एक हुनु पर्दछ ।
विश्व फुटबल मञ्चमा यी दुई यस्ता प्रतिष्पर्धी हुन् जसको दबदबा यस्तो छ कि, यीभन्दा टाढा कसैले सोच्नै सक्दैन । हरेक स्पर्धामा एकले नभए अर्कोले उछिनेकै हुन्छ ।
विश्व फुटवल, महादेशीय फुटबल वा क्लव फुटबल कहाँ प्रतिष्पर्धा र चमत्कार छैन यी दुई हस्तीको ? फुटबलको विश्वमा भएका रेकर्ड तोड्ने र नयाँ बनाउने जिम्मा यिनैको जस्तो छ ।
रेकर्ड तोड्ने र बनाउनेमा यी दुईले सबैलाई उछिनेका छन् । यूरोपेली देश पोर्चुगल र दक्षिण अमेरिकी देश अर्जेन्टिनाको माटोमा जन्मिएका यी दुईले विश्व जगतलाई फुटबलमा हुनसक्ने सबैखाले रौनक र सनसनीपूर्ण दृश्य देखाइसकेका छन् ।
तर, आश्चर्य यी दुई भाइलाई पनि अघि आउन नदिने अर्का फुटबलर निस्केका छन् । जो सम्पत्तिका आधारमा रोनाल्डो र मेस्सीभन्दा धेरै अगाडी देखिएका छन् ।

रमाइलो के छ भने उनी रोनाल्डो र मेस्सीजस्ता सेलिब्रेटी फुटबल स्टार भने होइनन् । तर गत वर्ष अर्थात् सन् २०२० को एक रिपोर्टमा उनको सम्पत्तिले संसारकै फुटबलरहरुलाई पछि धकेलिदिएको छ ।
उनी हुन्, फैक जेफ्री बोल्किआह । अर्थात्, मात्र २२ वर्षका मिडफिल्डर । जो ब्रुनाईका हुन् र उनले संसारकै सबैभन्दा धनी फुटबलरको रेकर्ड बनाएको फोब्र्सले जनाएको छ ।
जसको बीस बिलियन डलर अर्थात् बीस अर्ब डलर सम्पत्ति रहेको छ । जबकी उनलाई पछ्याउने दोस्रो नम्बरका रोनाल्डोको ४६० मिलियन अर्थात् ४६ करोड डलर रहेको छ भने मेस्सीको त्योभन्दा कम चार सय मिलियन अर्थात् ४० करोड डलर रहेको छ ।
सन् १९९८ मा अमेरिकाको क्यालिफोर्नियामा जन्मिएका उनी संसारकै सबैभन्दा धनी ब्रुनाईका शाही परिवारका हुन् । उनका पिता जेफ्री बोल्किआह प्रिन्स अफ ब्रुनाई हुन् । उनी ब्रुनाईका सुल्तान हसनल बोल्किआहका भतिजा हुन् ।

अमेरिका र ब्रुनाई दुबैतिरको नागरिकता भएका उनले पोर्चुगिज क्लव मारिटिमोबाट खेल्नुका साथै ब्रुनाई राष्ट्रिय टोलीको नेतृत्वसमेत सम्हालिसकेका छन् ।
२३ सय कार राख्ने उनका पिता यस्ता व्यक्ति हुन् जसले आफ्नो पचासौं जन्मदिन मनाउन पप गीतका स्टार माइकल ज्याक्सनलाई १४ मिलियन डलर खर्चेर निजी कन्सर्टमा गाउन नै लगाएका थिए ।
प्रतिक्रिया दिनुहोस्