३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


संसदले सरकारलाई सहयोग गरेन भन्ने कुरामा कुनै सत्यता छैन : सभामुख सापकोटा


0
Shares

काठमाडौं, माघ १२ । सभामुख अग्नि सापकोटाले संसदले सरकारलाई सहयोग गरेन भन्ने कुरामा कुनै सत्यता नभएको बताउनुभएको छ ।

सोमबार अन्तरपार्टी महिला सञ्जालले संसद सूचारु गर्न माग गर्दै बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै उहाँले संसदमा एकदिन पनि सत्ता र प्रतिपक्ष कसैले पनि विरोध गरेर सरकारले दिएको बिजनेसमाथि प्रभाव नपारेको बताउनुभयो ।

सभामुख सापकोटाले संसदमा अराजकता भयो, अनुशासन भएन भन्ने सरकारको आरोपमा कुनै सत्यता नभएको जिकिर गर्नुथियो ।

सभामुख सापकोटाले सरकारलाई असहयोग नगरेको अवस्थामा सरकारले विघटन गरेर प्रतिनिधि सभालाई अवरोध गर्न नहुने उल्लेख गर्नुभयो ।

उहाँले नीति तथा कार्यक्रम र बजेट पास गर्ने कुरामा कहिल्यैपनि अवरोध नगरेको तर सरकारले विघटन गरेर प्रतिनिधि सभालाई सञ्चालन गर्न अवरोध गरेको बताउनुभयो ।

संसद संविधान संसोधन गरेर नक्सा पास गरी अभूतपूर्व एकता देखाएको अवस्थामा अवरोध सिर्जना गर्‍यो भन्नु गलत भएको पनि बताउनुभयो ।

संसद फेरीपनि सूचारु गर्नुपर्छ भन्ने आवाज आइरहेको उल्लेख गर्दै सभामुख सापकोटाले यस सम्बन्धमा आफूले अध्ययन गरिराखेको बताउनुभयो ।