१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अब तेस्रो जनआन्दोलन सुरु भयो : पत्रकार वाग्ले


0
Shares

narayan wagle journalist

काठमाडौं, माघ १२ । प्रतिनिधि सभा विघटनविरुद्ध नागरिक आन्दोलनले निकालेको “बालुवाटार मार्च” मा झडप भएको थियो ।

बृहत नागरिक आन्दोलनको आह्वानमा निकालिएको मार्च भाटभटेनी मन्दिर अगाडि पुग्दा प्रहरीले हस्तक्षेप गरि लाठी चार्ज गरेको थियो ।

लाठी चार्जबाट नागरिक समाजका अगुवा र प्रदर्शनकारी घाइते भएका छन् ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा हानेको थियो ।

कमलपोखरीदेखि बालुवाटारसम्म शान्तिपूर्ण रुपमा जाने कार्यक्रममा प्रहरीले बल प्रयोग गरेकोमा नागरिक आन्दोलनका अगुवाहरुले विरोध गरेका छन् ।

वरिष्ठ पत्रकार नारायण वाग्लेले आफुहरुमाथि जुन बर्बर दमन भयो, अब तेस्रो जनआन्दोलन सुरु भएको बताउनुभयो ।

यस अघि भाटभटेनीमा भएको विरोध सभामा नागरिक समाजका अगुवाहरुले ओली सरकार तानाशाही भएको आरोप लगाएका थिए ।

विरोध सभामा डा.गोविन्द के.सी, लेखक खगेन्द्र संग्रौला, युग पाठकलगायतले प्रतिगमनको विरुद्ध लाग्न आह्वान गर्नुभयो ।