१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


कांग्रेस पौडेल समूहले प्रतिनिधिसभा विघटनविरुद्धको सडक संघर्षलाई निरन्तरता दिने


0
Shares

काठमाडौं, माघ १२ । नेपाली कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले प्रतिनिधिसभा विघटनविरुद्धको सडक संघर्ष निरन्तरता दिनुपर्ने निष्कर्श निकालेको छ ।

सोमबार पार्टी महामन्त्री शशांक कोइरालाको निबासमा बसेको समूहको बैठकले मंगलबार बस्ने केन्द्रीय समिति बैठकमा सडक संघर्षको निरन्तरलाई छलफलको एजेन्डा बनाउने निर्णय गरेको छ ।

प्रतिनिधि सभा विघटनको कदमविरुद्ध सडक संघर्ष गर्ने या अदालतको निर्णय कुर्ने भन्ने विषयमा कांग्रेसभित्र दुई धार देखिएको छ ।

सभापति देउवा मध्यावधि निर्वाचनको पक्षमा देखिँदा पौडेल पक्षले विघटनविरुद्ध सडक संघर्षलाई प्राथमिकता दिनु पर्ने अडानमा देखिएको छ ।

बैठकपछि प्रतिकृया दिँदै नेता पौडेलले पार्टीले आगामी कदम कस्तो चाल्ने भनेर निकटहरुसँग परामर्श गरिएको जानकारी दिनुभयो ।

छलफलले पार्टीको आसन्न १४ औं महाधिवेसन ग्यारेन्टी गर्न सभापति देउवालाइ दवाब दिने निर्णय गरेको छ ।

पार्टी समायोजनको बाँकी काम सकेर माघभित्रै क्रियाशील सदस्यताको टुंगो लगाउन र महाधिवेशनको नयाँ कार्यतालिका सीध्र सार्वजनिक गर्न भोलिको केन्द्रीय समिति बैठकमा सभापतिलाई दवाब दिने निर्णय भएको छ ।

छलफलमा सहभागि नेता नविन्द्रराज जोशीले प्रतिनिधि सभा विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गर्दै महाधिवेसन सुनिश्चितताका लागि सभापति देउवालाई दबाव दिने विषयमा छलफल भएको जानकारी दिनुभयो ।