
काठमाडौं, माघ १३ । प्रधानमन्त्री केपी ओलीविरूद्ध अपहेलना मुद्दा दर्ता भएको छ । न्यायालयको अपहेलना गरेकामा कार्वाही माग गरिएको मुद्दा अदालतले दर्ता गरेको हो ।
वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले माघ ११ गते पेश गरेको प्रधानमन्त्रीविरुद्ध अपहेलनाको मुद्दा दर्ता गरिएको हो ।
प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्ताहरूलाई अशिष्ट र अमर्यादित भाषा प्रयोग गरेको भन्दै अर्का अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले ओलीविरुद्ध अपहेलनाको मुद्दा पेश गर्नुभएको थियो ।
यही माघ ९ गते काठमाडौंको कार्की ब्याङ्केटमा प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीप्रति गरेको ‘एकजना बाजे वकिललाई समेत लिएर गएछन् तमासा देखाउन’ भन्ने टिप्पणीको सर्वत्र आलोचना भएको छ ।
ओलीले अदालती बहसलाई तमासा र कानुन व्यवसायीलाई बाजे टिप्पणी गरेकाले अदालत र इजलाशसमेतको अपहेलना भएको दावी निवेदनमा गरिएको छ ।
अदालतको अपहेलना गर्ने प्रधानमन्त्री ओलीमाथि न्याय परिषद ऐन २०७३ को दफा १७ अनुसार हदैसम्मको सजायँ गर्न निवेदकले माग पनि गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्