६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल-नेपाल समूहको सिठ्ठी जुलुस


0
Shares

काठमाडौं, माघ १३ । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका कार्यकर्ताहरुले मंगलबार काठमाडौंमा सिठ्ठी जुलुस निकाली प्रतिनिधिसभा विघटनविरुद्ध खबरदारी गरेका छन् ।

लैनचौरबाट बसन्तपुर पुगेको जुलुसलाई सम्बोधन गर्दै विद्यार्थी नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिगमनका नायकको संज्ञा दिएका छन् ।

उनीहरुले प्रधानमन्त्री ओलीले पशुपतिमा गएर हिन्दुहरुलाई भड्काउने काम गरेको आरोप पनि लगाएका छन् ।

विद्यार्थी नेता रन्जित तामाङले सरकारी बजेट खर्च गरि प्रतिगमन टिकाउने हर्कत गरे यसको हिसाबकिताब चुकाएरै छाड्ने चेतावनी दिनुभयो ।

विद्यार्थी नेताहरुले ओलीको प्रतिगमन विरुद्ध माघ २२ गते वृहत र्‍याली गर्ने भएका छन् ।