१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


प्रधानमन्त्री ओली निर्वाचन नगराउनेमा : राजनीतिक विश्लेषक पोखरेल


0
Shares

विराटनगर, माघ १४ । राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन नगराउने दाबी गर्नुभएको छ ।

विराटनगरको जनआन्दोलन चोकमा आयोजित प्रबुद्ध व्यक्तिहरुको पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्रीले आफ्नो पार्टीले जहिलेसम्म बहुमत ल्याउने देख्नु हुन्न तबसम्म निर्वाचन नगराउने बताउनुभयो ।

त्यस्तै प्राध्यापक डा.मेदनी प्रसाद सेडाइँले प्रधानमन्त्री ओलीको असंवैैधानिक कदम सच्चिनु पर्ने जिकिर गर्नुभयो ।

त्यसैगरि अर्का बुद्धिजीवी प्राध्यापक डाक्टर प्रमोदकुमार झाले प्रधानमन्त्रीको असंवैधानिक कदमबाट मुलुकलाई जोगाउन सबै जना लाग्नु पर्ने बताउनुभयो ।