
बुटवल, माघ १५ । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली कुनै पनि आन्दोलनमा अगाडि नसरी पछि–पछि बसेर पदमा पुग्ने नेताको संज्ञा दिनु भएको छ ।
प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै बुटवलमा बिहीबार आयोजना गरिएको शक्ति प्रदर्शनसहितको सभालाई सम्बोधन गर्दे नेपालले यस्तो बताउनुभएको हो ।
आन्दोलनमा सहभागि नहुने ओलीले राजतन्त्र फालिदैन भन्दै भविष्यवाणी गरे पनि त्यो फालिएको र अहिलेको निर्वाचनको विषयमा पनि ओली गलत सावित हुने उहाँको जिकिर थियो ।
अर्का अध्यक्ष पुष्पकमल दाहालले श्री ३ महाराजधिराज बन्न खोज्ने जो कोहीलाई पनि धाराशायी बनाउने चेतावनी दिनुभया ।
प्रधानमन्त्री ओलीलाई सामन्ती निरंकुशताको एजेन्ट जस्तो देखिएको भन्दै दाहालले ओलीको निरंकुशता केही महिना मात्र टिक्ने जिकिर गर्नुभयो ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ने विश्वास व्यक्त गर्दै उहाँले घुमाउरो भाषामा अदालतले नगरे जनताको अदालतले गर्ने बताउनुभयो ।
सबभन्दा ठूलो अदालत जनता रहेको अध्यक्ष दाहालको भनाइ थियो ।
अध्यक्ष प्रचण्डले ओलीले पार्टी एकता तोड्ने र संविधानको घाँटी रेट्ने काम गरेको आरोप लगाउँदै दुई वर्षभित्र आफ्नो पार्टी सरकारमा जाने र नयाँ नेपालको जग बसाल्ने दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्