
तेह्रथुम, माघ १६ । मुलुकभर शहीद दिवस मनाइरहँदा तेह्रथुम र धनकुटाका शहीद परिवारले भने राज्यले दिने भनेको सुविधा अझै पाएका छैनन् ।
वि.स. २०३६ सालमा पञ्चायती शासनको विरोध गर्दा फरक विचार राखेको भन्दै तत्कालीन सरकारले खोकु, छिन्ताङ र आँखीसल्लाका १६ स्थानीयको हत्या गरेको थियो ।
हत्याभएको करिब चार दशकपछि सरकारले वि.स. २०७४ पुसमा शहीद घोषणा गर्नुका साथै पीडित परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको थियो ।
तर हालसम्म राज्यले छिन्ताङ काण्डका शहीद परिवारलाई उक्त राहत रकम उपलब्ध गराएको छैन ।
राज्यले आफुहरुलाई उपेक्षा गरेको शहीद परिवारको गुनासो छ ।
तत्कालीन सैनिक–प्रहरीको ज्यादतीले आफूहरु आतंकित बनेको घटना अझै स्मरणमा रहेको शहीद पत्नी थाममाया राईले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्