
काठमाडौं, माघ १८ । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ३ किलो अफिम सहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ्गको गजुरी गाउँपालिका–८ का म्याक्स लो रहेका छन् ।
विशेष सुचनाको आधारमा म्याक्सलाई ३ किलो लागुऔषध अफिमसहित प्रहरीले कलंकीबाट पक्राउ गरेको हो ।
पक्राउ परेका म्याक्सलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम म्याद थप गरि कानुनी कारवाही अघि बढाइने ब्युरोका प्रमुख दिलिप चौधरीले जानकारी दिनुभयो ।
यता महानगरिय प्रहरी परिसर काठमाडांैको टोलिले लागुऔषधसहित काठमाडौंको बुद्धनगर बस्ने आयुस तण्डुकारलाइ पक्राउ गरेको छ ।
प्रहरीले तण्डुकारलाइ शंकास्पद अवस्थामा हिडिरहेको बेला कोटेश्वरबाट पक्राउ गरेको हो ।
प्रहरीले चेकजाच गर्ने क्रममा उनको साथबाट लागुऔषध डाइजोपाम ४४ ,नुर्फिनन ४५ एम्पुल , नाइट्रोभेट २५ ट्याब्लेट सिरिन्ज १ सय ४ थान्र गाजा १ किलो बरामद गरेको थियो ।
पक्राउ परेका तण्डुकार माथी थप अनुसन्धानको लागि लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर पठाइएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश कुमार बस्नेतले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्