
काठमाडौं, माघ १८ । सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न संवैधानिक आयोगमा नियुक्तिका लागि सिफारिस गरि संवैधानिक परिषद्ले सुनुवाइका लागि संघिय संसद सचिवालयमा पठाएको कागजपत्र फिर्ता पठाउनुभएको छ ।
परिषदले गत पुस ५ गते प्रतिनिधि सभा विघटनपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित विभिन्न निकायमा विवादास्पद नियुक्ति दिएको थियो ।
त्यसअघि सरकारले संवैधानिक परिषदमा सभामुख र प्रमुख प्रतिपक्षी दलका नेता सहभागी नभए पनि निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याएको थियो ।
संवैधानिक तथा कानूनी आधार, कारण र अवस्थालाई मध्यनजर गर्दै उल्लेख गरेका पदहरुमा विभिन्न कारणले गर्दा संसदीय सुनुवाई गर्न नसकिने अवस्था रहेकोले सक्कलै कागजात फिर्ता पठाइएको सभामुख सापकोटाले परिषद्लाई लेखेको पत्रमा भनिएको छ ।
सभामुख सापकोटाले कागजात फिर्ता गर्नुका सात कारण पनि उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्