
प्रज्ञा तिमल्सिना (इमेज)
काठमाडौं, माघ १८ । प्रधानमन्त्री केपी शर्मा ओलीको तीन महिना भित्र सबै नेपालीले कोरोनाविरुद्धको खोप पाउने दाबी तीन दिन पनि टिक्न सकेन ।
गत माघ १४ गते भारतले अनुदानमा दिएको खोपलाई अभियानको रुपमा शुरु गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो अभिव्यक्ति दिनुभएको थियो ।
प्रधानमन्त्री ओलीको यो अभिब्यक्ति तीन पछि चितवनमा गएर फेरियो ।
विश्वलाईनै अस्तव्यस्त बनाएको कोरोना महामारीबारे प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक विवादास्पद र हचुवा अभिव्यक्ति दिंदै आउनु भएको छ ।
बेसार सेवन, तातोपानी सेवन गर्दा कोरोना भाइरस मर्छ र हाछिउ गर्दा कोरोना संक्रमण उड्छ जस्ता उडन्ते वक्तव्यबाजी गर्दै आउनु भएका ओलीले यस पटक कोरोनाको खोप सबै नेपालीलाई प्रयोग गर्ने सम्बन्धमा केही दिनको अन्तरालमा दिएका फरकफरक अभिव्यक्ति अहिले चर्चामा छ ।
तीन महिनामा सबै नेपालीलाई खोप पु¥याउने ओलीको वाचाबन्धन तीन दिनमै तोडियो, उहाँकै बोलीबाट ।
भारत सरकारले निशुल्क रुपमा १० लाख डोज खोप दिएपछि पहिलो चरणमा फ्रन्टलाइनमा काम गर्नेहरुलाई खोप लगाउन थालियो ।
तर, सबै नेपालीलाई खोप लगाउने व्यवस्था के कसरी र कहिले हुन्छ भन्ने अत्तोपत्तो छैन ।
प्रधानमन्त्री ओलीको तोडिएको बाचाले सबै नेपालीले कोरोनाको खोप कहिले पाउँछन भन्नेमा झनै अन्यौलता बढाएको छ ।
हो, प्रधानमन्त्रीको बोलीले अन्यौलता सिर्जना गरेको छ नै ।
साथसाथै उहाँको प्रतिवद्धता अनुसार सरकारले सबै नेपालीलाई खोप ल्याउन भरपर्दो पहल गरेको पाइदैन ।
स्वास्थ्य मन्त्रालयले हाल ५० प्रतिशत खोप किन्ने र २० प्रतिशत विश्व स्वास्थ्य संगठनअन्र्तगतको कोभ्याक्सवाट आउने जनाएको थियो ।
५० प्रतिशत किन्ने भनिएको खोप पनि भारत सरकारलाई नै अनुरोध गरिएको मन्त्रालयका पदाधिकारीहरु बताउँछन् ।
तर, खोप उत्पादक देशहरुले नै आफ्ना नागरिकलाई समयमै पर्याप्त खोपको प्रवन्ध गर्न नसकिरहेको बेला नेपालमा तीन महिनाभित्र सबै नेपालीले खोप पाउँछन या एक वर्षमा चाहिँ पक्कै खोप पाइन्छ भनेर आशा गर्ने आधार छैन ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्