१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नुवाकोटमा नेकपाका दुई समूहबीच झडप, उपप्रधानमन्त्री पोखरेललाई कालोझण्डा, गाडी तोडफोड, पाँच घाइते


0
Shares

nuwakot ncp

बिदुर, माघ १९ । नुवाकोटमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई समूहबीच झडप हुँदा पाँच जना घाइते भएका छन् ।

झडपका क्रममा उपप्रधानमन्त्री इश्वर पोखरेलसँगै आएको एउटा गाडीमा पनि तोडफोड गरिएको छ । तोडफोडबाट गाडीको शिशा फुटेको छ ।

नेकपा ओली समूहले सदरमुकाम विदुरमा आयोजना गरेको कार्यक्रममा सहभागि हुन उक्त समूहका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल जाँदै गर्दा नुवाकोटको बट्टारमा दुई समूहबीच झडप भएको हो ।

उपप्रधानमन्त्री पोखरेल र उर्जा मन्त्री टोपबहादुर रायमाझी कार्यक्रममा सहभागि हुन आउने थाहा पाएपछि दाहाल–नेपाल समूहका केही नेता कार्यकर्ताले कालोझण्डा देखाएका थिए ।

कालोझण्डा देखाउने र देखाउन नदिनेबीच झडप हुँदा उप्रधानमन्त्री पोखरेल केहिबेर सडकमै रोकिनु परेको थियो । भीड पन्छाएर मन्त्रीहरु चढेको गाडी पास गराउन प्रहरीलाई केहीबेर त हम्मेहम्मे नै परेको थियो ।

ओली समूहले नुवाकोटको बिदुरमा आज आफ्नो पक्षको सभा राखेको छ । नुवाकोटमा ओलीभन्दा दाहाल–नेपाल पक्षको संगठन बलियो रहेको दावी उक्त पक्षको छ ।

विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुबै सांसद दाहाल–नेपाल समूहमै रहेका छन् ।