
तस्बिर फाइल
काठमाडौं, माघ १९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले म्यानमारमा गरिएको सैनिक कू को निन्दा गर्नुभएको छ ।
म्यानमारमा सोमबार विहानै त्यहाँको प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी, राष्ट्रपतिलगायत नेतालाई नियन्त्रणमा लिएर सेनाले शक्ति हातमा लिएको छ ।
नोभेम्बरमा सम्पन्न निर्वाचनमा आफूसमर्थित दलको पराजय र सुकीको दलले दुई तिहाईभन्दा बढी सिटमा विजय पाएपछि सेनाले सत्तापलट गरेको हो ।
सोमबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् सभापति देउवाले सुकीलाई तत्काल रिहा गर्न सेनासँग माग गर्नुभएको हो ।
सभापति देउवाले नर्वाचित सरकार पुनर्स्थापना गर्न पनि माग गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्