
काठमाडौं, माघ १९ । नेकपा दाहाल समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा पत्र बुझाउने निर्णय गरेको छ ।
सोमबार बसेको केन्द्रीय कमिटी बैठकले आफ्नो आधिकारिकता लागि प्रक्रिया पुर्याएर आयोगमा जाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
पदाधिकारी हेरफेर गरेको निर्णयसहित अद्यावधिक गर्न निर्वाचन आयोगले पत्र पठाएकामा लिखित जवाफसहित पार्टीको आधिकारिताको दाबी गर्न पत्र लेख्ने निर्णय गरिएको उहाँको भनाइ छ ।
माघ २८ मा काठमाडौंमा गर्न लागिएको प्रदर्शनलाई पनि सशक्त बनाउन कार्यकर्तालाई निर्देशन दिएको छ ।
यसैगरी, नेकपा बैठकले म्यानमार गरिएको सैन्य ‘कू’ प्रति आपत्ति जनाएको छ ।
बैठकले प्रधानमन्त्री केपी ओलीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ भने विष्णु पौडेललाई महासचिव पदबाट हटाएको छ ।
प्रतिक्रिया दिनुहोस्