१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आङ साङ सूचीमाथि विभिन्न अभियोग दर्ता, नागरिकस्तरबाट समेत सैन्य ‘कू’ को विरोध


0
Shares

aung san suu kyi arrested

काठमाडौं, माघ २१ । म्यानमारमा सेनाले कू गरि सत्ता हत्याएपछि पक्राउ परेकी नेतृ आङ साङ सूचीमाथि प्रहरीले विभिन्न अभियोग लगाएको छ ।

उहाँलाई फेबुअरी १५ सम्म हिरासतमा रहने गरि देशको कानुन उल्लंघन गरेको, आयात र निर्यात कानूनको उल्लंघन गरेको लगायतका अभियोग लगाइएको छ ।

सूचीको घरमा छापा मार्ने क्रममा सैन्य अधिकारीहरुले अवैध रुपमा आयात गरिएको सञ्चार सम्पर्क उपकरण फेला पारेको जनाएको थियो ।

गत सोमबारको कू पछि सूचीलाई कहां राखिएको छ भन्ने बारे कुनै जानकारी गराइएको छैन ।

यता राष्ट्रपति विन मिन्टमाथि प्राकृतिक प्रकोप व्यवस्थापन कानून उल्लंघन गरेको प्रहरीले अभियोग लगाएको छ ।

प्रहरीको अभियोग पत्र अदालतमा दर्ता गरिएको बताइएको छ ।

यता अन्तराष्ट्रि समुदायबाट विरोध भइरहेका बेला नागरिक स्तरबाट पनि विरोध सुरू भएको छ ।

गएराति रंगुन सहरका बासिन्दाले थाल ठटार विरोध जनाएका थिए भने केहीले सवारी साधनको हर्न एकसाथ बजाएका थिए ।

चिकित्सकहरुले समेत आन्दोलन सुरु गरेका छन् ।

कोरोना महामारीका समयमा सैन्य शासकमाथि दबाब बढाउन केही चिकित्सकले राजिनामा समेत दिएका छन् ।

अधिकारकर्मीहरुले सरकारलाई कर नतिर्न अपिल गरेका छन् ।

म्यानमारमा फेब्रुअरी १ को सैन्य कू पछि सैन्य प्रमुखको नेतृत्वमा ११ सदस्यीय जुन्ता सरकार गठन गर्नुभएको छ । (एजेन्सी)