
Reuters
काठमाडौं, माघ २१ । चीनमा रहेको विश्व स्वास्थ्य संगठनको एक टोली कोरोना भाइरस अनुसन्धानका लागि वुहानस्थित भाइरस अनुसन्धान प्रयोगशाला पुगेको हो ।
वैज्ञानिक सहितको टोलीले वुहान इन्स्टिच्यूट अफ भाइरोलोजी प्रयोगशालाका प्रमुखहरुसंग छलफल गर्ने छन् ।
यो प्रयोगशाला चीनको महत्वपूर्ण भाइरस अनुसन्धान प्रयोगशाला हो ।
जुन प्रयोगशालालाई लिएर थुप्रै प्रश्न उठ्ने गरेको छ ।
यही प्रयोगशालाबाट नै पहिलो पटक कोरोना भाइरस फैलिएको आशंका गरिएको छ ।
यद्यपी चीनले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्