१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


माधव नेपालले सुकुम्बासीको समस्या समाधानमा बाधा पुर्‍याए : प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं, माघ २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुकुम्बासी समाधान गर्ने सरकारको प्रयासमा अवरोध श्रृजना गर्ने काम भएको बताउनुभएको छ ।

भूमिहिन सुकुम्बासी संगठन केन्द्रीय कमिटीद्धारा बुधबार काठमाडौंमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले माधवकुमार नेपालले सुकुम्बासी समस्या समाधान गर्ने सरकारको प्रयासमा बाधा पुर्‍याएको आरोप लगाउनुभयो ।

नेपाललाई भूमि व्यवस्था समाधान हुन नदिने नेताको भन्दै दिदै प्रधानमन्त्री ओलीले पार्टी छोडेर गएपछि मात्रै आयोगले काम गर्न थालेको दाबी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल, नारायणकाजी श्रेष्ठ र घनश्याम भुसालले सरकारलाई काम गर्न नदिएको भन्दै उहाँहरुलाई ‘छलफलवाला मान्छे’ को संज्ञा दिनुभयो ।

प्रधानमन्त्री ओलीले पार्टीमा शुुद्धिकरण आवश्यक रहेको र शुद्धिकरण आवश्यक रहेकाहरु आफै किनारा लागेको बताउनुभयो ।

पार्टी छोडेर गएकाहरुले आफ्नो अभिष्ट पुरा गर्न नेपाल बन्द गरेर जनतालाई दुख दिने काम गरेको उहाँको भनाइ छ ।

आफुलाई कम्युनिष्ट र क्रान्तिकारी भन्नेहरु नै आफ्नै पार्टीलाई धुलो बनाएर अरुसँग घुँडा टेक्न पुगेको टिप्प्पणी प्रधानमन्त्रीले गर्नुभयो ।