
काठमाडौं, माघ २१ । शहरी विकास मन्त्री प्रभु साहले जनता आवास कार्यक्रमको अबस्था चिन्ताजनक रहेको बताउनुभएको छ ।
शहरी विकास मन्त्रालयले बुधबार आयोजना गरेको जनता आवास कार्यक्रमसम्बन्धी अन्तरक्रियामा मन्त्री साहले जनता आवास कार्यक्रमको अवस्था चिन्ताजनक रहेको बताउनुभएको हो ।
उहाँले जनता आवास कार्यक्रममा प्रदेश सरकारको काम गराइले निराश बनाएको बताउनुभयो ।
गरिबको घर भत्काएर बनाउन वर्षौ लगाउने, कति स्थानमा घर भत्काउने तर बनाउने योजना नै नराख्ने पाइएकोले संघ सरकारले जनता आवाश कार्यक्रमको प्रभावकारितामा गम्भिर ढंगले सोच्ने बेला आएको बताउनुभयो ।
मन्त्री साहले सरकारले दिएको पैसामा आफ्नो पैसा थप गरेर पनि घर बनाउन सकिने व्यवस्था मिलाइदिन निर्देशन समेत दिनुभयो ।
उहाँले जनता आवास कार्यक्रमको निम्ति पैसाको कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।
अन्र्तक्रियामा सातवटै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मन्त्रालयका सचिवहरु उपस्थित थिए ।
प्रतिक्रिया दिनुहोस्