१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘सुशासन र प्रभावकारिताको कसीमा सार्वजनिक खरिद र निर्माण आयोजना व्यवस्थापन’ पुस्तक विमोचन


0
Shares

काठमाडौं, माघ २१ । गणतान्त्रिक नेपालको पहिलो सरकारबाट भएका प्रयासहरुको समीक्षा गरिएको ‘सुशासन र प्रभावकारिताको कसीमा सार्वजनिक खरिद र निर्माण आयोजना व्यवस्थापन’ पुस्तक विमोचन गरिएको छ ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा पुस्तक विमोचन गरिएको हो ।

पुस्तकमा गणतन्त्र नेपालको पहिलो चुनावी प्रतिवद्धताप्रति राजनीतिक दलहरुले के–कस्ता उपलब्धिहरु हासिल गरे, समग्र आयोजनाहरु व्यवस्थापनमा सुशासन र प्रभावकारिताको स्थिति कस्तो रह्यो, बहुचर्चित एमसिसि र बीआरआईलगायत विषयको समीक्षा गरिएको छ ।

कार्यक्रममा पुस्तकका लेखक प्राध्यापक डा. राजेन्द्रप्रसाद अधिकारीले पुस्तकले नेपालको भौतिक पूर्वाधार विकासका समस्या पहिचान गर्न र अध्ययन अनुसन्धान गर्नका लागि आवश्यक सामग्रीहरुको स्रोत पत्ता लगाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागिहरुले पुस्तकले सर्वसाधारणलाई कुनै जानकारी विनै नकरात्मक टिप्पणी गर्ने प्रवृत्तिबाट अघि बढी कुरा बुझेर टिप्पणी गर्न सघाउनेमा विश्वास व्यक्त गरे ।

पुस्तकले विकास निर्माणसँग सम्बन्धित विषयहरुलाई सरल ढंगले गहिराइ सम्म पुग्न मार्ग प्रशस्त गर्ने विश्वास गरिएको छ ।