
काठमाडौं, माघ २१ । नेकपा दाहल-नेपाल समूह पक्षधर अनेरास्ववियूले बुधबार राजधानीमा मसाल जुलुस निकालेको छ ।
बिहीबार राष्ट्रव्यापी आम हड्ताल सफल बनाउन अनेरास्ववियूले राजधानीमा मसाल जुलुस निकालेको छ ।
केन्द्रिय कार्यालय बागबजारबाट निस्कएको जुलुस पद्यमन्या क्याम्पस पुगेर रत्नपार्क छेउ फर्किएको थियो ।
तेसैगरी कान्तिपुर सिटि कलेज पुतलीसडकबाट निस्किएको जुलुस भने पध्मोदय चोक हुँदै वाल्मीकि क्याम्पस, रत्न राज्य क्याम्पस हुँदै भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत भएर समापन भएको थियो ।
प्रधानमन्त्री ओलीले प्रतिनिधी सभा विघटन गरेपछि नेकपा दाहल-नेपाल समूहले आन्दोलन गर्दै आएको छ ।
संवैधानिक निकायहरुमा नियुक्त गरिएका पदाधिकारीहरुले सपथ ग्रहण गरेर कार्यभार सम्हालेपछि दाहल नेपाल समूहले बिहीबार (भोलि) आम हड्ताल घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्