६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


बीमा क्षेत्रका समस्या समाधानका लागि खरो रुपमा उत्रन अर्थमन्त्रीको निर्देशन


0
Shares

काठमाडौं, माघ २२ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बीमा क्षेत्रमा भएका समस्या प्रभावकारी रुपमा समाधान गर्न बीमा समितिको नयाँ नेतृत्वलाई निर्देशन दिनु भएको छ ।

बीमा समितिको नवनियुक्त अध्यक्षको पद तथा गोपनियताको सपथग्रहण कार्यक्रममा अर्थमन्त्री पौडेलले बीमा क्षेत्रका समस्या समाधानका लागि मन्त्रालयले आफ्ना तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनुभयो ।

समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको सुधारका लागि खरो रुपमा उत्रने र फास्ट ट्रयाकमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सिलवालले तत्काल देखा परेका समस्या समाधान गर्दै सुधारका लागि काम गर्ने बताउनुभयो ।

नवनियुक्त अध्यक्ष सिलवाललाई तत्कालका लागि कोरोना बिमा भुक्तानी र ति भुक्तानीका लागि फन्ड व्यवस्थापन सबैभन्दा चुनौतिपूर्ण विषय रहेका छन् ।