१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेकपा पार्टी र सूर्य चिह्न पाउने ओलीले नचिताए हुन्छ–माधव नेपाल


0
Shares

Madhab Nepal NCP

काठमाडौं, माघ २३ । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले नेकपा पार्टी र सूर्य चिह्न पाउन नचिताए हुने बताउनुभएको छ ।

काठमाडौंमा शुक्रबार भएको कार्यक्रममा उहाँले आफूहरुसँग स्पष्ट बहुमत सदस्य रहेकाले केपी ओलीले नेकपा र सूर्य चिह्नमा दाबी गर्न नपाउने बताउनुभएको हो ।

आफूहरुसँग प्रचण्ड बहुमत भएकाले कसैलाई चोइटिएर जान मन भए जान सक्ने पनि अध्यक्ष नेपालले टिप्पणी गर्नुभयो ।

प्रतिनिधिसभा विघटनपछि देश र लोकतन्त्रको मामलामा आफूहरुले विरोध जनाएको उहाँको भनाई छ । यो विषयलाई आन्तरिक मामिला मात्रै मान्न नसकिने भन्दै नेपालले देश र लोकतन्त्रको विषय भएकाले सबै एकजुट भएर प्रतिनिधिसभा विघटनको विरोध गर्नुपर्ने बताउनुभयो ।

दैनिक ज्यालादार मजदुर, बिरामीहरुका लागि केही असहज आएको तर पछिसम्मका लागि आफूहरु फेरि एक पटक सडकमा आउनुपरेको उहाँको भनाइ छ ।

पछिल्लो समय प्रधानमन्त्री ओलीले धम्कीको भाषा बोलिरहेको भन्दै अध्यक्ष नेपालले कसैको धम्कीले सजिलै सडक नछाड्ने बताउनुभयो ।