
काठमाडौं, माघ २३ । पछिल्लो समय बालबालिका माथि अनलाइनमार्फत हुने यौन शोषण बढ्दै गएको एक अध्ययनले देखाएको छ ।
सन् २०२० मा सातवटै प्रदेशका ९ वर्षदेखि १९ वर्ष उमेर समूहका १७ सय १४ जना बालबालिका तथा किशोर किशोरीमा गरिएको अध्ययनबाट बालबालिमामाथि अनलाइनमार्फत हुने यौन शोषण बढ्दै गएको देखिएको सिविन नेपालकी कार्यकारी निर्देशक सुम्निमा तुलाधरले बताउनुभयो ।
कोभिड १९ का कारण लकडाउन भएपछि बालबालिकाको इन्टरनेटको प्रयोग गर्ने समय बढेको र जोखिममा पर्ने सम्भावना पनि उत्तिकै बढेको उहाँको भनाई छ ।
बालबालिकाहरुले अनलाइन मार्फत नचिनेको मान्छेसँग सम्बन्ध गाँस्ने, यौन शोषणको सिकारमा पर्ने र यसका कारण शिक्षा र मानसिक स्वास्थ्यमा समेत असर पर्ने गरेको तुलाधरले जानकारी दिनुभयो ।
अनलाइनमार्फत हुने यौन शोषणमा बालिकाको साथै बालकहरु पनि पर्ने गरेको अध्ययनले देखाएको छ ।
शोषणमा पर्दा सहयोग माग्ने विषयमा बालबालिका अनविज्ञ रहेको पाईएको छ ।
सिविन नेपालले अध्ययनका क्रममा सरोकारवालाहरुसँग प्रत्येक्ष रुपमा भेटेर, अन्र्तवार्ता गरेर, समुह छलफल गरेर तथ्य निकालेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्