१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रोकिएन म्यानपावरको लुट, ग्रिनस्टार ओभरसिजका सञ्चालक रङ्गेहात समातिए


6.812k
Shares

काठमाडौं, माघ २३ । फ्रि भिषा फ्रि टिकट भएका मुलुकमा पनि म्यानपावर कम्पनीले चर्को मूल्य असुुलेर कामदार लुट्ने क्रम रोकिएको छैन् ।

शुक्रबार वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाललाई म्यानपावरले बढि रकम मागीरहेको भन्दै फोन आयो ।

विभाग फोनमार्फत पाएको उजुरीको आधारमा बसुन्धरा स्थित ग्रिनस्टार ओभरसिज प्रा. लि अनुगमनमा पुग्दा गर्दा चर्को रकम असुलिरहेको अवस्थामा संञ्चालक नै रङगेहात समातिए ।

योसँगै विभागले उक्त ओभरसिजको कारोबार रोक्का गर्नुका साथै सञ्चालकलाई विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

कतारमा क्लिनरको रुपमा मासिक २५ हजार तलबमा जान दोलखाका मोहन तामाङ, बुद्धिमान, तामाङ र मिलनकुमार लामासंग प्रक्तिव्यक्ति १ लाख २५ हजार रुपैयाँ बुझाउन भनिएको थियो ।

उनिहरु पनि १ लाख १५ हजारसम्म बुझाउन तयार भएका थिए ।

तर अझै पनि म्यानपावरले नमानेपछि उनिहरुले विभागमा उजुरी गरेका थिए ।

सोही फोनको आधारमा विभागको टोली ति युवकलाई पच्छयाउदै जाँदा ग्रिनस्टार ओभरसिजका सञ्चालकलाई रकम लिईरहेको अवस्थामा भेट्यो ।

विभागको टोली क्यामेरा सहित पुग्दा सञ्चालक मिडिया र टोलीमाथी नै यसरी जाइलागेको थियो ।

विभागले यसमा ठगीको संस्थागत सञ्जाल नै पाइएको भन्दै थप अनुसन्धान पछि खुलासा हुने बताउनुभयो ।

विभागले पछिल्लो समय फ्रि भिसा फ्रि टिकटमा ठग्ने गिरोहको बिगबिगी बढेको पाएसंगै छुट्टै टोली नै गठन गरि सुक्ष्म अध्ययन गरिरहेको जनाएको छ ।