१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्योर ईभी स्कुटर नेपाली बजारमा


13
Shares

काठमाडौं, माघ २५ । ह्वाईट लोटस मोटर्सले अत्याधुनिक विशेषता सहितको प्योर ईभी ईलेक्ट्रिक स्कुटर नेपाली बजारमा भित्र्याएको छ ।

उच्च ब्याट्री क्षमता दाबी गरिएको यो स्कुटरमा २२ सय वाटको ब्याट्रि रहेको छ ।

वातावरणमैत्री मानिएको यो स्कुटरमा एक जनाले ईन्धनमा गरिने खर्चमा मासिक ४ हजार सम्म बचत गर्न सकिने कम्पनीको नेपाल प्रतिनिधी अशोक खड्गीले बताउनुभयो ।

स्कुटरमा ब्याट्रि ४ घण्टा चार्ज गर्दा १ सय १६ किलोमिटर सम्म गुड्ने उहाको भनाई छ ।

४ घण्टाको चार्जले १ सय १६ किलोमिटर गुड्ने भएकाले यो प्रयोगकर्ताको लागि उपयुक्त हुने कम्पनीको दाबी छ ।

कम्पनीले इप्लुटो ७ जि र ईन्ट्रान्स नियो स्कुटर नेपाली बजारमा ल्याएको हो ।

२ लाख ३० हजार देखी २ लाख ५० हजारसम्म मूल्य कायम गरिएको छ ।

यस्तै कम्पनीको सद्भावना दुतको रुपमा मिस नेपाल वल्र्ड २०१९ की अनुष्का श्रेष्ठलाई चयन गरेको छ ।