१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तालिमप्राप्त पत्रकार नहुँदा विकृति बढ्यो : सञ्चारमन्त्री गुरुङ


0
Shares

काठमाडौं, माघ २५ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारहरुलाई तालिमको जरुरी रहेको बताउनुभएको छ ।

आइतबार काठमाडौंमा आमसञ्चार र श्रमजीवि पत्रकार नीति, कार्यक्रम र बजेट विषय छलफल कार्यक्रममा बोल्दै मन्त्री गुरुङले पत्रकारहरुलाई तालिमको जरुरी रहेको बताउनुभएको हो ।

तालिमप्राप्त पत्रकार नहुँदा विकृति, विसंगति जन्मिएको भन्दै उहाँले पत्रकारहरुको निम्ति तालिम केन्द्रको विकास नगरी पत्रकारीता क्षेत्रको गुणस्तर नहुने बताउनुभयो ।

आफ्नो योग्यता, क्षमता र गुणस्तर बिना बजारमा बिक्रि हुन्नौँ भन्ने हेक्का पत्रकारहरुले पनि राख्नुपर्ने उहाँको भनाई छ ।

उहाँले विरोध गरेपछि मात्रै पत्रकार भइन्छ भन्ने धारणा परिवर्तन नगरेसम्म पत्रकारिता क्षेत्रलाई सम्मानित, मर्यादित र जिम्मेवार बनाउन नसकिने बताउनुभयो ।

मन्त्री गुरुङले पत्रकारहरुका लागि प्रशिक्षण प्रतिष्ठान खोल्ने कुरा सरकारको नीति कार्यक्रममा ल्याउने बताउनुभयो ।

उहाँले अनलाइन नविकरणका लागि जिल्ला हुलाक कार्यालबाट हुनेगरी नीतिगत निर्णय गरिएको भएपनि हुलाकका कर्मचारी दक्ष नहुँदा प्रभावकारी नभएको बताउनुभयो ।

पत्रकार प्रेस पासबारे कार्यविधि बनाएर वर्षैपिच्छे नविकरण गर्ने परम्पराको अन्त्य गर्ने प्रयत्न गर्ने उहाँको भनाई छ ।

पत्रकारका समस्या समाधानको निम्ति प्याकेज बनाएर अघि बढ्ने उहाँको भनाई छ ।