७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


शेयर बजारमा नयाँ रेकर्ड कायम, नेप्से ४८.७४ अंकले बढ्यो


0
Shares

काठमाडौं, माघ २५ । साताको पहिलो दिन शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ ।

शेयर कारोबार मापक नेप्से परिसूचक र शेयर कारोबार रकम दुबैले नयाँ रेकर्ड बनाएका छन् ।

आइतबार नेप्से परिसूचक ४८ दशमलव ७४ अंकले बढेर २ हजार ५ सय २४ विन्दुमा पुगेको छ ।

जुन अहिलेसम्मकै उच्च हो ।

यस्तै कारोबार रकममा पनि अहिलेसम्मकै उच्च १० अर्ब ४४ करोड रुपैयाँ नाघेको छ ।

यसअघि ९ अर्ब १५ करोड रुपैयाँ हाराहारीको रेकर्ड तोड्दै कारोबार रकममा दश अर्ब माथिको खरिद विक्री भएको हो ।

आइतबार लघुवित्तका लगानीकर्ताहरुले सवैभन्दा धेरै कमाएका छन् ।

आधा दर्जन भन्दा धेरै लघुवित्त वित्तीय संस्थाहरुको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ भने ९ प्रतिशत भन्दा बढी मूल्य बढ्ने कम्पनी थुप्रै छन् ।

आइतबार १ सय २५ कम्पनीको शेयर मुल्य बढुदा ३६ कम्पनीको भने घटेको छ १२ कम्पनीको शेयर मुल्य स्थिर रह्यो ।

आइतबार जीवन बिमा समुह सबैभन्दा उच्च ५ सय ७२ अंकले उकालो लाग्दा नीर्जिवन बिमा समुह ४ सय ९० अंकले उक्लिएको छ ।

व्यापार, होटल, जलविद्युत, लघुवित्त, उत्पादनमुलक र वित्त समुहमा दोहोरो अंकको वृद्धि हुँदा बैंकिङ समुह र सामुहिक लगानी कोषमा सामान्य अंकको गिरावट आयो ।

यसदिन नेपाल फाईनान्स लिमिटेडका शेयर धनीले सबैभन्दा बढि गुमाएका छन् ।

आइतबार २ सय २ कम्पनीको १ करोड ७७ लाख कित्ता शेयर १० अर्ब ४४ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

बैंकको घट्दो ब्याजदर र कोभिडका कारण अन्य क्षेत्रमा लगानी विस्तार नहुँदा केही महिना यता शेयर बजारमा पैसा ओईरिएको छ ।