
रुकुम पश्चिम, माघ २५ । रुकुम पश्चिम सानिभेरी गाउँपालिका– १ पक्रैया गाउँका १ सय ६१ घरधुरीमा एक घर एक खानेपानीको धारा पुगेको छ ।
कर्णाली प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत खानेपानी सरसफाई तथा उर्जा विकास कार्यालय रुकुम पश्चिमको ७८ लाख रुपैयाँको बजेट र १९ लाख रुपैयाँको जनश्रमदान गरी कुल ९७ लाख बजेटबाट ५ वटा ट्यांकी र ५ किलोमिटरको दुरीबाट पाइपलाइन विस्तार गरेर सियाला भण्डारबन पक्रैया चिसापानी बृहत खानेपाली आयोजना सम्पन्न भएपछि पक्रैयाबासीको घरघरमा खानेपानीको धारा पुगेको हो ।
खानेपानीको अभावमा पक्रैयाबासी महिलाले धेरै वर्षदेखि दुख कष्ट गर्दै आएकामा स्थानीय सरकार आएको केही वर्षमै घरआँगनमा पानी पिउन पाएका हुन् ।
प्रतिक्रिया दिनुहोस्