
प्रज्ञा तिमल्सीना (इमेज)
काठमाडौं, माघ २५ । कोरोना भाइरस विरुद्धको खोप अभियान अन्तर्गत भोलि (माघ २६) गतेदेखि कूटनीतिक नियोगका कर्मचारी र अग्रपंक्तिमा कार्यरत पत्रकारहरुलाई खोप लगाइने भएको छ ।
चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुबाट शुरु गरिएको खोप अभियानको दोस्रो कार्यक्रम अन्तर्गत कूटनीतिक नियोग र संचार क्षेत्रलाई प्राथमिकतामा राखिएको हो ।
भारत सरकारको सहयोगमा नेपालमा आएको १० लाख डोज खोप हाल सम्म १ लाख ८४ हजार ८ सय ५६ जना व्यक्तिमा लगाईसकिएको छ ।
सरकारले शुरुमा फ्रन्टलाइनमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी लगाएतका व्यक्तिलाई खोप लगाएको थियो ।
पहिलो पटकको खोप अभियान माघ १४ देखि २४ गते सम्म सञ्चालन भएको थियो ।
माघ २६ गते देखि सञ्चालन हुने दोस्रो कार्यक्रमका लागि काठमाडांैका सिभिल, टिचिङ्, पाटन र शहिदगंगालाल अस्पताललाई खोप केन्द्र तोकिएको छ ।
जसमा पत्रकारलाई सिभिल अस्पताल र वाकी तीन वटा अस्पतालवाट कूटनीतिक नियोगका कर्मचारीहरुलाई खोप लगाउने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले जानकारी दिनुभयो ।
सरकारले नेपालको जनसंख्याको ७२ प्रतिशत व्यक्तिलाई खोप लगाउने जनाएको छ ।
खोप अभियानलाई प्रभावित नबनाउने हिसावले खोप कार्यक्रम सञ्चालन गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले खोप अभियानको दोस्रो कार्यक्रम म्पन भएपछि दोस्रो डोजको खोप दिन सुरु गरिने जानकारी दिनुभयो ।
पहिलो खोप लगाएकाहरुमा कुनै साइड इफेक्ट नदेखिएको र खोप १ प्रतिशत भन्दा कम खेरा गएको पनि उहाँले जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्रालयले खोप खरिद गर्ने प्रकृया समेत अघि बढेको दावी गरेको छ ।
हाल विश्व स्वास्थ्य संगठन अन्र्तगत कोभ्याक्सवाट आउने खोप समेत फागुनको पहिलो साता देखि आउन सुरु हुने छ ।
सहप्रवक्ता डा. अधिकारीले खोप भण्डारण गरेको ६ महिना भित्र लगाईसक्नु पर्ने हुदा चरण चरणमा खोप ल्याउँदै जाने बताउनुभयो ।
नेपालले आपतकालिन स्विकृत दिएको अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोपले स्वास्थ्यमा कुनै असर नदेखिएको भन्दै मन्त्रालयले खोप अभियानको दोस्रो कार्यक्रममा संलग्न हुन आग्रह गरेको छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्