
काठमाडौं, माघ २५ । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको कम्युनिष्ट आन्दोलनप्रतिको निष्ठा कमजोर रहेको आरोप लगाउनु भएको छ ।
काठमाडौंमा आइतबार आयोजित अन्र्तक्रिया कार्यक्रममा अध्यक्ष नेपालले ओलीको कम्युनिष्ट आन्दोलनप्रतिको निष्ठा र आस्था कमजोर भएको जिकिर गर्नुभयो ।
ओलीले मार्क्सवादलाई अवसरवादको रुपमा बुझि आफ्नो स्वार्थको साधन बनाउन चाहेको उहाँको भनाइ थियो ।
अध्यक्ष नेपालले आफुहरुको संविधानप्रति माया र स्वामित्व रहेकाले छिन्नभिन्न हुन नदिने बताउनुभयो ।
कुर्सीको हानाथाप नगरी न्याय र सत्यको लागि आवाज उठाइरहेकाले आफुहरुको बाटो सही रहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्