
प्रकाश नेपाल (इमेज)
इलाम, माघ २५ । नेपाली चियाको ट्रेडमार्क भारत र अमेरिकालगायतका मुलुकमा दर्ता भएपछि इलामका चिया कृषक उत्साहित भएका छन् ।
चिया खेती शुरु गरीएको १५७ वर्षपछि नेपालमा उत्पादित चियाले अन्तर्राष्ट्रिय बजार पाउने भएपछि कृषकहरु उत्साहित भएका हन् ।
पाँच महिना अघि इलामको सूर्योदय नगरपालिकामा घोषणा गरिएको नेपाली चियाको ट्रेडमार्र्क भारत र अमेरीकामा दर्ता भएको छ ।
चिया खेती भएको १५७ वर्षपछि घोषणा गरिएको ‘नेपाल क्वालीटी फर हिमालयन’ नामको ट्रेडमार्र्क लिने उद्योगीको संख्या पनि छोटो अबधिमै १२ पुगेको हो ।
टे«डमार्क लागु गरिएपछि नेपाली उद्योगीलाई सहभागि हुन चिया तथा कफि विकास बोर्डले आह्वान गरेको छ भने अन्तराष्ट्रिय बजार विस्तारको काम पनि बोर्डले शुरु गरीसकेको छ ।
बोर्डले भारत र अमेरीकामा नेपाली चियाको ट्रेडमार्क दर्ता गरेसँगै व्यवसायीले आफ्नो देशको लोगो प्रयोग गरि सोझै बिक्रि गर्न पाउने बताइएको छ ।
सम्पूर्ण प्रक्रिया पुरा गरि दुवैदेशले लोगो दर्ता भएको आधिकारीक सुचना दिएको र प्रमाण पत्र आउने प्रक्रिायामा रहेको चिया तथा कफि विकास बोर्डका कार्यकारी निर्देशक डाक्टर बिष्णु भट्टराईले जानकारी दिनुभयो ।
भारत र अमेरिका पछि चियाको उच्च बजार रहेको चीनमा बोर्डले ट्रेडमार्क दर्ताको प्रक्रिया थालिसकेको छ ।
चीन र नेपाल सरकारको सरकारी तहमै संझौता गरि ट्रेडमार्क दर्ता गर्ने प्रक्रिया अघि बढेको हो ।
भारतीय बजारमा भर पुर्नुपर्ने नेपाली चियाको ट्रेडमार्क तेस्रो मुलुकमा दर्तापछि नेपाली चिया सोझै पठाउन सक्ने भएपछि चिया व्यवसायी पनि उत्साहित भएका छन् ।
नेपाली चियाले पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमा बजार पाउने भएपछि यहाँको चिया बिकासकोलागि स्थानीय निकायलेसमेत चासो दिन थालेका छन् ।
इलामका सबै स्थानीय निकायले बजार व्यवस्थापन र चियाखेती बिस्तारकोलागि बिशेष योजना बनाएर इलामलाई चियाखेतीमा आत्मर्निभर बनाउने भएका हुन् ।
पुराना चियाका बोटसंगै नयाँ–नयाँ जातका चियाखेतीमा कृषकलाई उत्साहित गर्ने उनीहरुको रणनीति छ ।
त्यसैले पनि अधिकतम चिया उत्पादन गर्दे यसको गुणस्तरीयता कायम गर्न सके अब भने बजारको अभाव नहुने देखिन्छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्