
काठमाडौं, माघ २६ । शेयर बजारमा कीर्तिमान रहने क्रम सोमबार पनि जारी रह्यो ।
बजार परिसूचक नेप्से ३७ अंकले उकालो लागेर २५ सय ६१ को उचाई कायम हुँदा कारोबारमा पनि कीर्तिमान कायम भयो ।
यस दिन साढें १० अर्ब माथीको कारोबार भयो ।
यस दिन बढी समूह उकालो लागे ।
यस दिन निर्जीबन बीमा, उत्पादनमूलक, लघुवित्त, जलविद्युत र व्यापार समूह बाहेक अरु समूह उकालो लागे ।
जीवन बीमा समूह सबैभन्दा उच्च २ सय ११ अंकले उकालो लाग्यो ।
विकास बैक समुह ८६ अंक, वाणिज्य बैंक समूह पनि समुह ६२ अंकले उकालिए ।
यस्तैै होटल र वित्त समुहमा पनि दाहोरो अंकको सुधार आयो ।
यस दिन ७५ कम्पनीको शेयर मुल्य बृद्धि हुदा ९३ कम्पनीको शेयर मुल्यमा गिरावट आएको छ ।
६ कम्पनीको मुल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ६ कम्पनीको २ करोड बढी कित्ता शेयर १० अर्ब ६१ करोड बढीमा कारोवार भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्