
REUTERS
काठमाडौं, माघ २६ । म्यानमारमा सैन्य कू को विरोधमा सोमबार तेस्रो दिन पनि प्रदर्शन जारी छ ।
तेस्रो दिन दश हजारभन्दा बढी मानिसहरू सडक प्रदर्शनमा उत्रिएका छन् ।
गत सोमबार सेनाले निर्वाचित नेतृ आङ सान सूचीलगायत नेताहरूलाई पक्राउ गरी एक वर्षे संकटकाल घोषणा गरेपछि म्यानमारमा दिनहँ प्रदर्शनमा भाग लिनेको संख्या बढ्दै गएको छ ।
सेनाको उक्त कदमको विरोधमा म्यानमार मा दशकयताकै ठुला प्रदर्शनहरू भएका छन् ।
मुख्य सहर याङ्गोनमा देशव्यापी हडताल स्वरूप वकिल, शिक्षक र निजामती कर्मचारीसहित विभिन्न पेसागत समूहहरू भेला भएर विरोध जनाईरहेका छन् ।
प्रदर्शनमा सहभागिहरुलाई तितरबितर पार्न पानीको फोहोरा प्रयोग गरे पनि प्रदर्शन रोकिएको छैन ।
यद्यपी हिंसाको घटनाहरु नभएको बताइएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्