१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘ओलीले राजनीतिक परिवर्तनलाई समाप्त पार्दै’


0
Shares

काठमाडौं, माघ २६ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य शक्ति बस्नेतले प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनलाई समाप्त पार्ने बाटो तयार पार्दै गइरहेको बताउनुभएको छ ।

सोमबार शहीद बेपत्ता योद्धा परिवार, बागमती प्रदेशले काठमाडौंमा आयोजना गरेको विरोध र्‍याली तथा कोण सभामा बोल्दै नेता बस्नेतले प्रधानमन्त्री ओलीको कदमले संघीयता, गणतन्त्र र समावेशी समानुपातिक प्रतिनिधित्वको अधिकार तथा धर्म निरपेक्षताको अधिकार जोखिमा मपरेको बताउनुभएको हो ।

नेता बस्नेतले ओलीको जनबिरोधी कदमका विरुद्ध सशक्त ढंगले प्रतिवाद गर्नुपर्ने आवश्यकता पैदा भएको बताउनुभयो ।