१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मेस्सी दशककै उत्कृष्ट फुटबलर


0
Shares

काठमाडौं, माघ २६ । अर्जेन्टिना तथा बार्सिलोना फुटबल क्लबका स्टार खेलाडी लियोनल मेस्सी दशककै उत्कृष्ट फुटबलर घोषित भएका छन् ।

द इन्टरनेसनल फेडेरेसन अफ फुटबल हिस्ट्री एन्ड स्टाटिस्टिक्स आइएफएफएचएसले मेस्सीलाई दशककै उत्कृष्ट फुटबल खेलाडी घोषणा गरेको हो ।

आइएफएफएचएसमा आवद्ध १५० देशका सदस्यबाट मेस्सी सर्वोत्कृष्ट घोषित भएका हुन् ।

दोस्रो नम्बरमा अर्का स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो परेका छन ।

यसैगरि युरोपकै उत्कृष्टमा खेलाडीको विधामा रोनाल्डोलाई छानिएको थियो भने दक्षिण अमेरिकाको उत्कृष्टमा मेस्सी परेका थिए ।

तर समग्रमा दशककै विश्व उत्कृष्ट फुलबल खेलाडीमा मेस्सीले बढी मत प्राप्त गरेको इएसपीएनले जनाएको छ ।