१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


म्यानमारमा सैन्य ‘कु’ को विरोधमा विशाल प्रदर्शन


0
Shares

काठमाडौं, माघ २८ । म्यानमारमा सैन्य कु को विरोधमा विशाल प्रदर्शनहरु भैरहेका छन् ।

बुधबार पनि प्रमुख शहरहरुमा हजारौँ जनता सडकमा उत्रिएर प्रजातन्त्र पूनर्वहाली र नेतृ आङ साङ सूचीलसहित पक्राउ परेका नेताको रिहाइको माग गरेका छन् ।

प्रदर्शनकारीहरुमाथि बुधबार पनि सुरक्षाकर्मीले रबरको गोली, अश्रु ग्याँस र पानीको फोहरा प्रहार गरेका छन् ।

प्रदर्शनकारीमाथि प्रहरीले चलाएको गोली लागि एक महिला गम्भीर घाईत भएका छिन् ।

निषेधाज्ञाबीच भएको प्रदर्शनमा सहभागी ती महिलालाई टाउको गोली लागेको मानवअधिकारवादी संस्थाहरुले जनाएका छन् ।

सेना प्रमुख मिङ ओङ हेङले प्रदर्शनमा सहभागी नहुन निर्देश गरेपनि सरकारी कर्मचारीहरु समेत सडकमा ओर्लिएका छन् ।

प्रदर्शन दबाउन सेनाले समेत आफ्नो उपस्थिति बलियो बनाउंदै लगेको छ ।

सेनाले निर्वाचित सरकारलाई अपदस्त गरी सत्ता हत्याएपछि म्यानमारमा विरोध चर्कदै गएको छ । (एजेन्सी)