
काठमाडौं, माघ २८ । उतार चढावकाबीच बुधबार शेयर बजारमा सामान्य अंकको सुधार आएको छ ।
कारोबार रकम पनि खुम्चिएको छ ।
बजार खुलेसँगै २५ सय ४८ सम्म पुगेको नेप्से परिसूचक २५ सय ११ सम्म झरेको थियो ।
अन्त्यमा बजारमा ८ अंकको सुधार आएसँगै परिसुचक २५ सय ४३ मा पुगेर थामियो ।
बुधबार निर्जीवन बिमा समूह ६२ अंकले उकालो लाग्दा वित्त ३८, होटल ४४, बैक समुह २६ अंकले उकालो लागेका छन् भने जीवन बीमा समूह सबैभन्दा बढी १ सय १५ अंकले झरेको छ ।
यस्तै व्यापार ९७, उत्पादन ६९ अंकले ओरालो लागेका छन् ।
अरु समुहमा पनि दोहोरो अंकले घटेका छन् ।
बुधवार ५८ कम्पनीको शेयर मुल्य बढ्दा ९५ कम्पनीको मुल्यमा गिरावट आएको छ भने १० कम्पनीको मुल्य भने स्थिर रहेको एक्सचेन्जले जनाएको छ ।
बुधवार १ सय ९१ कम्पनीको १ कारोड ४९ लाख बढी कित्ता शेयर ७ अर्ब ६४ करोड बढीमा कारोवार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्