
काठमाडौं, माघ २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीको इशारामा प्रतिनिधिसभा विघटन गरेको भन्दै सरकारबाट प्रतिवन्धित विप्लव नेतृत्वको नेकपासहित चार दलले मोर्चाबन्दीको घोषणा गरेका छन् ।
ओली नेतृत्वको सरकार निरंकुश बन्दै गएको भन्दै विप्लव नेतृत्वको नेकपा, वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले काठमाडौंमा संयुक्त बैठक गरी सरकारविरुद्ध मोर्चाबन्दी गरेका हुन् ।
रणनैतिक संयुक्त मोर्चा निर्माण गर्ने पूर्वसहमतिलाई व्यवहारिक रुप दिन उनीहरुले रणनैतिक संयुक्त मोर्चाको अवधारणा र संरचना तयार पारेको जनाएका छन् ।
संयुक्त मोर्चा घोषणा कार्यक्रममा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव वैद्यले विघटन संसदीय व्यवस्थाको असफलताको अभिव्यक्ति भएको बताउनुभयो ।
मोर्चाले क्रान्तिकारी कम्युनिष्टहरुलाई गोलबद्ध गरी पार्टी एकता गरेर राष्ट्रियता, राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने र जनजिविकाको समस्या समाधान गर्न निरन्तर संघर्ष गर्ने रणनीति तय गरेको छ ।
यस्तै मोर्चाले पहिलो चरणको आन्दोलनको घोषणा समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्